• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भरतपुरकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते

ललितपुर । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।