प्रतिपक्षले बाेल्न दिएन भन्दै सांसदले सभामुखलाई बुझाए तालाचाबी

काठमाडाैं । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले सभामुखलाई ताला चाबी बुझाएका छन् ।

प्रतिपक्षको शुक्रबारकाे हर्कत हेर्दा बोल्न नपाइने हो कि भन्ने चिन्ता लागेको बताउँदै सभामुखसमक्ष ताला चाबी बुझाएका हुन् । उनले भने, ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिराछ । आजपनि त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु ।’

प्रतिपक्षी दलले धीत मरुञ्जेल गाली गर्ने र फेरि धीत मरिसकेपछि अवरोध गर्न खोज्ने गरेको उनले बताए । ‘उहाँहरूले धीत मरुञ्जेल गाली गर्नुहुन्छ। फेरि, धीत मरेपछि अवरोध गर्न खोज्‍नुहुन्छ, ताला लगाउन खोज्‍नुहुन्छ,’ उनले भने, ‘त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरू धीत मरुञ्जेल बोल्नुहोला। त्यसपछि हामी बोल्ने बेला ताला चाबी लगाइदिनुहोला।’

उनले प्रतिपक्षी दलकै मनोपोली भएको भन्दै आफूले केही बोल्न नसक्ने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१