
काठमाडाैं । सरकारले विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन गरेको छ ।
यस्तै, सरकारले स्वास्थ्य बीमा कार्यक्रमको लागि साढे ७ अर्ब विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त कार्यक्रमको लागि रकमको व्यवस्था गरिएको बताएका हुन्।
यसैगरी, सरकारले आगामी वर्ष ५ ठाउँमा ट्रामा सेन्टर स्थापना गर्ने भएको छ । रुपन्देहीको सैनामैना, नवरपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रार्म सेन्टर स्थापना गर्ने अर्थमन्त्री शर्माले बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६९ अर्ब ३८ करोड बजेट विनियोज गरिएको छ ।
स्वास्थ्य क्षेत्रको लागि प्रदेशका ६ अर्ब ३६ करोड र २७ अर्ब ४४ करोड हस्तान्तरण गरेको पनि मन्त्री शर्माले जानकारी दिए।