ताराको जहाज खोजी कार्य आजलाई स्थगित, सेनाले भोलि बिहानैदेखि खोज्ने

काठमाडौं । नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ ।

अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।

सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१