
काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।
मेयर भएपछि उनले पहिलो पटक प्रधानसेनापतिसँग भेट गरेका हुन् । मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन् ।
भेटमा प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।