नेपालमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या सय जनाभन्दा तल

काठमाडाैं । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय जनाभन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा १३ जना निको भएपछी सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ४७ जनाको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१