पूर्वअर्थमन्त्री पाण्डेकाे प्रश्न: इन्डक्सन चुलो बाँड्ने कुरा चुनावमा फन्ड उठाउने खेल त होइन ?

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ६० लाख परिवारलाई इन्डक्सन चुलो दिने कुरामा अनुचित लाभ लिने स्वार्थ लुकेको आरोप लगाएका छन् ।

बुधबार संसद बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको छलफलमा सहभागी भई उनले चुनावी फन्ड उठाउन इन्डक्सन चुलो वितरणको खेलोमेलो गरिएको त होइन भन्ने आशंका व्यक्त गरेका हुन् ।

‘६० लाख परिवारलाई तपाईं (अर्थमन्त्री) ले इन्डक्सन चुलो बाँड्ने कुरा गर्नुभएको छ । मैले इन्टरनेटमा गएर हेर्दा ३४ सयदेखि १२ हजारको इन्डक्सन चुलोको दाम हेर्दा न्यूनतम बेसमा राखेर ५ हजारमा किन्नुभयो भने पनि ३० अर्ब रुपैयाँ पर्ने रहेछ । यो कतै चुनावमा फन्ड उठाउने खेलोमेलो त होइन यो ?,’ उनले प्रश्न गरे ।

उनले पूर्वाधार नभएकाे समयमा इन्डक्सन चुलो बाँड्ने कुरा जायज नभएको बातए । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१