• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप, प्रहरीले गर्‍यो हवाइ फायर

बाँके । बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो ।

बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन बढी हवाई फायरसहित अश्रु ग्यास प्रहार गरेको छ । अहिले धम्बोझी क्षेत्र तनावग्रस्त बनेको छ । वीरेन्द्रको शालिक राख्ने समूह र प्रहरीबीच झडप जारी छ ।

यसअघि नेपालगञ्जको त्रिभुवन चोकमा पनि सोही समूहले पूर्व राजा त्रिभुवनको शालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त शालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि पछाडि हटेको थियो ।

धम्बोझी चोकलाई अहिले प्रहरीले कब्जामा लिएर आवतजावत समेत रोकेको छ ।