भारतकाे महावाणिज्य दूतावास वीरगञ्जले मनायाे विश्व साइकल दिवस

काठमाडाैं । भारतकाे महावाणिज्य दूतावास वीरगञ्जले साइकल दिवस मनाएको छ । दिवसका अवसरमा साइकल र्‍यालीकाे आयाेजना गरेकाे हाे । र्‍याली दुई विधामा आयोजना गरिएको थियो– एउटा व्यावसायिक र अर्को एमेच्योर साइकल यात्रीका लागि ।

व्यावसायिक विधामा महावाणिज्यदूत, स्थानीय जनप्रतिनिधि, वीरगञ्ज साइकल यात्री संघका सदस्यसहित २५ जना साइकल यात्रीको सहभागिता रहेको थियो । उक्त र्‍याली साढे ५ बजे सुरु भएको थियो र सीजीआई बीरगंजदेखि बाराको गढीमाई मन्दिर तथा फिर्ता ४० किलोमिटरको दुरी यात्रा गरेको थियो ।

एमेच्योर साइकल र्‍यालीलाई सोही दिन ७ बजे महावाणिज्यदुतद्वारा झण्डा देखाएर शुभारम्भ गरिएको थियो । जसमा स्थानीय प्रशासन, पत्रकार, नागरिक समाजका सदस्य तथा वाणिज्य दूतावासका पदाधिकारी तथा कर्मचारीहरुको प्रतिनिधित्व गरी करिब १०० साइकल यात्रीको सहभागिता रहेको थियो ।

उक्त र्‍याली करिब १२ कि.मी.को रहेको थियो जुन महावाणिज्य दूतावास, पावर हाउस चोक, ICP गेट, घण्टाघर, माइस्थान, आदर्शनगर, अलाखियामठ, पुरानो बसपार्क र घरिअर्वा पोखरी हुँदै फेरी वाणिज्य दूतावास पुगेर सम्पन्न भएको थियो ।

वाणिज्य दूतावास द्वारा ६ महिनाको अवधिमा आयोजना गरिएको यो दोस्रो साइकल र्‍याली हो । र्‍यालीको उद्देश्य शारीरिक तन्दुरुस्ती र सन्तुलनको सन्देश फैलाउने र साइकल चलाउनु वातावरणमैत्री मात्र नभएर उत्कृष्ट व्यायाम र सस्तो यातायात पनि हो भन्ने सन्देश दिने रहेको थियो ।

र्‍यालीले भारत र नेपालका जनताबीचको द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१