थप १६ जनामा काेराेना संक्रमण, सक्रिय संक्रमित ११० जना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपालमा हाल निको हुनेको संख्या ९ लाख ६७ हजार १२८ जना पुगेको छ । देशभर हाल ११० जना सक्रिय संक्रमित छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१