पनौती–बनेपा सडकमा गाडीको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

काभ्रे । पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ ।

शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन् । घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१