काठमाडाैं । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोलको फराकिलो अन्तरले हराएको हो ।
अर्जेन्टिनालाई फराकिलो जित दिलाउने क्रममा उत्कृष्ट लयमा रहेका कप्तान लियोनल मेस्सी एक्लैले पाँच गोल गरे ।
उनले अर्जेन्टिनालाई फराकिलो जित दिलाउने क्रममा खेलको आठौँ मिनेटमा पेनाल्टीबाट खाता खोलेका थिए । त्यसपछि ४५ औँ मिनेटमा गाेल गरे ।
पहिलाे हाफमा २ गाेल गरेका मेस्सीले दोस्रो हाफ सुरु हुनेबित्तिकै ह्याट्रिक पूरा गरे । मेस्सी त्यतिमै रोकिएनन् ।
उनले खेलको ७१ औँ मिनेटमा चौथो व्यक्तिगत गोल गर्न सफल भए । चौथो गोल गरेको ५ मिनेट नबित्दै मेस्सीले अर्को गोल थपेपछि अर्जेन्टिनालाई ५-० को फराकिलो जित दिलाउन सफल भए ।