
काठमाडौं । काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ । सुकेधाराबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएकाे छ ।
खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमार्टमका लागि पठाइएको जनाइएकाे छ ।