• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

गंगा चाैधरीकाे प्रश्न : थारू गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?

काठमाडौं । एमाले सांसद गंगा चौधरीले थारू गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन् ।

बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।

बर्दियाको मधुवन नगरपालिका–२ मा बाघको आक्रमणबाट जोगिन सुरक्षाको माग गर्दै भएको प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा नवीना थारुको मृत्यु भएको थियो भने अन्य थुप्रै घाइते भएका छन् ।