काठमाडौंको फोहोर फाल्न रोकेपछि बन्चरेडाँडाका स्थानीयमाथि प्रहरीको बल प्रयोग

काठमाडाैं । बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

सोमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गरी फोहोर विसर्जनमा अवरोध गरेपछि अब प्रहरीकाे सहयाेगमा फाेहाेर फाल्न लागिएकाे हाे ।

प्रहरीले संघर्ष समितिका श्रीराम ढुंगानासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै, धर्ना दिएर बसेका अन्य व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

यता, प्रहरीले भने स्थानीयलाई पक्राउ नगरी अवराेधमात्र हटाएकाे प्रतिक्रिया दिएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१