बालेनकाे प्रशंसासहित संसदमा गगनकाे गर्जन : बञ्चरेडाँडामा गरिएको प्रतिज्ञा पूरा गराैँ

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौंको फ्लाइओभर या अण्डरपासको बजेट काटेर भए पनि फोहोर व्यवस्थापन गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधि सभामा मंगलबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा गगन थापाले सिसडोल र बञ्चरेडाँडामा गरिएको प्रतिज्ञा पूरा गर्न शहरी विकास मन्त्रालयको बजेटले नपुग्ने भन्दै भौतिक योजना मन्त्रालयको बजेट माग गरे ।

उनले फोहर व्यवस्थापनका लागि पहल गरेको भन्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौंका मेयर बालेन शाहको प्रशंसा पनि गरे ।

थापाले भने, ‘अहिले शहरी विकास मन्त्रालय र काठमाडौं महानगर दुवैले प्रशंसायोग्य काम गरेका छन्, पहलकदमी लिइराख्नु भएको छ । यसकै परिणाम हिजो मात्र समझदारी भएर आज बिहानबाट फोहोर लैजाने काम शुरू भएको थियो । अहिले फेरि बन्द भएको छ । शहरी विकास मन्त्रीलाई जवाफ दिनको लागि सदनमा आउन आग्रह गर्छु, समस्या कहाँ पर्‍यो गाँठो फुकाउनको लागि । सवालजवाफको लागि प्रश्न सोध्न होइन काठमाडौंको सांसदको रुपमा मद्दत गर्ने कर्तव्य हो ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१