• २०८३ जेठ २२
  • 2026 June 05, Friday

लाजिम्पाटमा टुकुचा खोलाको भेलले बगायो मोटरसाइकल, चालकको उद्धार

काठमाडौं । बुधबार परेको पानीले टुकुचा खोलामा पानीको बहाब बढ्दा एक जनालाई मोटरसाइकलसहित बगाएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक रहेको टुकुचा खोलाले बगाएका काठमाडौंको धापासी घर भएका २१ वर्षीय सुरज अर्यालको सकुशल उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।

उनलाई वाग्मती प्रदेश-०२-०१३ प २५८८ नम्बरको मोटरसाइकलसहित बगाएको हाे ।

अर्यालको तत्काल सकुशल उद्धार गरिएको भएपनि मोटरसाइकल भने फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।