सांसद कृष्ण राईकाे प्रतिबद्धता : एमालेले बालेन शाहलाई पूर्णरुपमा सहयाेग गर्छ

काठमाडाैं । नेकपा एमालेका सांसद कृष्णबहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई एमालेले पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।

सांसद राईले भने, ‘भर्खर निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु- हिजो विद्यासुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुखजस्तै आज उपप्रमुखको रूपमा विजय हासिल गर्नुभएकी सुनिता डंगोलले तपाईंलाई असहयोग गर्नु हुने छैन । तपाईंलाई हामी पूर्णरूपले सहयोग गर्न चाहन्छौँ । तर बालेन शाहले संयता अपनाएर अगाडि बढ्न जरुरी छ।’

फोहोरमैलाले काठमाडौंवासीलाई अत्यन्तै अफ्ठेरो पारेको पनि उनले बताए । काठमाडौंको फोहोर नउठ्दा सिंगो देश प्रभावित बनेको उनकाे भनाइ छ । उनले भने ‘मैले यस विषयमा प्रधानमन्त्रीको मात्र ध्यानाकर्षण गरेको छैन, गठबन्धनको ध्यानाकर्षण गरेको छु ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१