पृथ्वी राजमार्गमा भासिएकाे सडक नजिक २ जनाकाे शव फेला

file photo

काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकमा दुई जना पुरुषको शव फेला परेको छ ।

सो पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए । निरन्तर परेको वर्षाका कारण बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ ।

उक्त कारमा कति मानिस थिए भन्ने नखुलेकाे प्रहरीले जनाएकाे छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेकाे छ । फेला परेको शव कारमा सवार यात्रुको हो कि होइन भन्ने खुल्न सकेको छैन ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१