पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा फेला

काठमाडौं । करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोटको बेलकोटगढी नगरपालिका-१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको छ ।

गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१