
काठमाडाैं । नुवाकोटको ककनी नगरपालिका वडा नं ७ स्थित बिजुली पोलमा एक सन्की व्यक्ति चढ्दा ६० मेगावाटको आयोजना नै बन्द भएको छ ।
त्रिशुली थ्री ए आयोजना बन्द हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
पाेलमा झुण्डिने व्यक्ति बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक भएकाे प्रहरीले जनाएकाे छ । उनकाे मानसिक सन्तुलन बिग्रिएकाे छ ।
उनलाई तल झार्न प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।