सितापाइलामा घरकाे पाचाैँ तलाबाट खसेर एक जनाको मृत्यु

काठमाडाैं । काठमाडौंको सितापाइलामा घरकाे पाचाैँ तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

ट्यांकीमा पानी भर्न जानेक्रममा चिप्लेर खस्दा उनी घाइते भएका थिए । घाइते भएका उनलाई तत्कालै सितापाइलास्थित शुभेक्षा अस्पताल लगिएको थियो ।

तर अस्पताल पर्‍याउनासाथ चिकित्सकले मृत घाेषणा गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१