९ बजेदेखि तारको लठारो समाएर हिँडिरहेका पुरुषलाई तल झार्न सकिएन

काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर एक जना पुरुष ९ बजेदेखि हिँडिरहेका छन् । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विक हुन् ।

परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका छन् । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ ।

उनी ६ घण्टादेखि तारको लठारो समातेर हिँडिरहेका छन् ।

यस विषयमा ककनी प्रहरी कार्यालयलाई खबर गरिसकिएको र प्रहरी पनि घटना स्थानमा आइपुगेका छन् । उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका छन् । तल ओराल्न सकिएको छैन ।

सम्बन्धित समाचार 

६० मेगावाट विद्युत प्रवाह भएकाे तारमा सन्की मान्छे झुण्डिएपछि…

नुवाकोटमा विद्युतकाे तारमा एक पुरुष झुण्डिएपछि हैरान बने प्रहरी

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१