
काठमाडाैं । नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रेम बिकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ ।
ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बिकको उद्धारका लागि केहीबेर अघि सेनाको हेलिकोप्टर पुगेको हो ।
ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बेलकोटगढी नगरपालिकाका बिक अहिले लिखु गाउँपालिका पुगेका छन् ।
शनिबार बिहान १० बजे पोलमा चढेका उनी तारतारै हिँडिरहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।