• २०८३ जेठ २२
  • 2026 June 05, Friday

तारमा झुण्डिएका व्यक्तिकाे उद्धारका लागि पुग्याे सेनाकाे हेलिकप्टर

काठमाडाैं । नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रेम बिकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ ।

ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बिकको उद्धारका लागि केहीबेर अघि सेनाको हेलिकोप्टर पुगेको हो ।

ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बेलकोटगढी नगरपालिकाका बिक अहिले लिखु गाउँपालिका पुगेका छन् ।

शनिबार बिहान १० बजे पोलमा चढेका उनी तारतारै हिँडिरहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।