• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

अमेरिकाले अपहरणको शैलीमा एशियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

चीन । चीनले अमेरिकामाथि अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ ।

चीनका रक्षामन्त्रीले बहुपक्षबादका नाममा वासिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भडकाउन खाजेको आरोप लगाएका हुन् ।

साङ्ग्रिला डायलगको एकदिन अघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजक आरोपको संज्ञा दिँदै खण्डन गरेका छन् ।

रक्षामन्त्री अस्टिनले इण्डो–प्यासेफिक क्षेत्रका राष्ट्रहरूसँग बहुपक्षीय साझेदारीमा जोड दिएका थिए जसलाई उनका चिनियाँ समकक्षीले चीनलाई एक्ल्याउने प्रयत्न भनेका थिए ।

बहुपक्षीयताका आडमा अमेरिकाले धम्की दिएको उनको आशय थियो । इण्डो–प्यासेफिक रणनीति द्वन्द्व र टकराव सृजना गर्ने रणनीति भएको उनको टिप्पणी छ ।