एमालेको अवरोध पछि संसद बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरी संसद अवराेध गरेकाे हाे ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए । त्यसपछि उनले शर्माको भूमिकाको आलोचना गर्दै उनको राजीनामा माग सहित छानबिन समिति बनाउन माग गरेका हुन् ।​

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१