आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट खस्यो टिप्पर, चालकको मृत्यु

काठमाडाैं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ ।

मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर बिहीबार बिहान खोलामा खसेको थियो ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान करिब साढे ४ बजे पुलबाट खसेर खोलामा पुगेको थियो ।

टिपर खसेर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१