यस्तो छ आगामी तीन दिनको मौसम, कहाँ कहाँ वर्षा ?

काठमाडाैं । बिहीबार बिहान प्रदेश १ र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यस्तै, प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको पनि माैसमविद्ले जनाएका छन् ।

यस्तो छ तीन दिनको मौसम

बिहीबार
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।

शुक्रबार
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

शनिबार
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१