बालबालिकालाई लगाउने २२ लाख मात्रा खाेप आइतबार आउने

काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने २२ लाख मात्रा (डोज) फाइजर खोप आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।

पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका रहेको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिएका छन् ।

खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिए ।

असार ८ र ९ गते बालबालिकालाई खोप लगाइने जानकारी दिँदै उनले खोपलाई भण्डारण गरेर नराखिने र आउने बित्तिकै वितरण गरिने बताए ।

नेपालले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडि सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१