धादिङमा मलामी बाेकेकाे गाडी दुर्घटना, २६ जना घाइते, ५ को अवस्था गम्भीर

धादिङ । धादिङमा घाटबाट घर फर्किंदै गरेका मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएको छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

धादिङबेसीबाट मलामी लिएर धादिङकै मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी शुक्रबार राती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारको लागि ट्रमा सेन्टर, काठमाडौं पठाइएको छ ।

बाँकी घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । केही घाइते उपचार पछि ठिक भएर घर फर्किएका छन् ।

तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१