धादिङमा किसानले लुटे दुई ट्रक रासायनिक मल

काठमाडाैं । धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् ।

काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

करिब ५ सय जना किसानले पृथ्वी राजमार्गको बिच सडकमै ट्रक रोकेर नियन्त्रणमा लिएको बताइएकाे छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको देखिएको छ ।

भन्सार छलेर ल्याइएकाे भन्ने विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् ।

भन्सार छलेर ल्याइएकाे हाे कि, प्रक्रिया पूरा गरी ल्याइएकाे हाे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१