
रुपन्देही । उपाध्यक्षका देवरको मृत्यु भएपछि रुपन्देही मर्चवारी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष आशा सिंहका देवरकाे मृत्यु भएपछि गाउँपालिकाले शोक वक्तव्य जारी गरेर बिदा दिएको हो ।
गाउँपालिका अध्यक्ष गयाप्रसाद बरइद्वारा जारी सूचनामा ‘मृतकप्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिकाका सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जानकारी गराइन्छ’ भनी उल्लेख गरिएकाे छ ।