• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भक्तपुर दुर्घटना अपडेट : मृतक २ जनाकाे पहिचान खुल्याे

काठमाडाैं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्शचोकमा टिप्परको ठक्करबाट मृत्यु भएका दुईजनाको पहिचान खुलेको छ ।

बिहिबार बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिप्परले ठक्कर दुई जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ घर भएका १९ वर्षीय निश्चल चौगुठी र भक्तपुर नगरपालिका–१ बस्ने वर्ष २० का रोशन गारु छन् ।

दुर्घटनापछि उपचारको क्रममा भक्तपुर अस्पतालमा उनीहरुको मृत्यु भएको थियाे ।

टिप्पर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भएका ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ ।