
काठमाडाैं । आइतबार प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ ।