
काठमाडाैं । देशलाई कंगाल बनाएको भनेर श्रीलंकामा नेतालाई कुटपिट गरेको भन्दै नेपालमा पनि त्यस्तो दिन आउन नदिनतर्फ लाग्न एक सांसदले आग्रह गरेकी छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद कलिला खातुनले श्रीलंकाबाट पाठ सिक्नुपर्ने बताएकी हुन् ।
सांसद खातुनले भनिन्, ‘श्रीलंकामा सरकार र नेताहरूले देशलाई कंगाल बनायो भनेर लखेटीलखेटी पिटेको न्युजमा देखेका छौं, यो दिन नेपालमा पनि नआओस् । आउन सक्दैन भन्न चाहन्छु ।’