• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

मानव अधिकारकर्मीहरूलाई गिरफ्तार गरेर राजनीतिक विरोध रोक्दै चीन

बेइजिङ । चीनको मानवअधिकार विरुद्धको आक्रमणमा तीव्र वृद्धि भएको छ । चिनियाँ अधिकारीहरुले ‘राज्य शक्तिलाई विध्वंस’ पारेकाे आरोपमा पक्राउ परेका मानवअधिकारवादी कार्यकर्ताहरुलाई उनीहरुको न्यूनतम अधिकारको पनि हनन् गर्न चीन लागि परेको छ ।

यस वर्षको अन्त्यमा चिनियाँ राष्ट्रपति सी जिनपिङले शीर्ष नेताको रूपमा अर्को पाँच वर्षको कार्यकाल प्राप्त गर्ने तयारीमा रहेको पार्टीको महाधिवेशन अघि सुरक्षा अधिकारीहरूले कुनै पनि राजनीतिक विरोधलाई पूर्णरुपमा अन्त्य गर्ने योजना बनाएका छन् ।

चिनियाँ कार्यकर्ता सु झियाङ र मानवअधिकारवादी वकिल डिङ जियाक्सीलाई चीनले ‘राज्य शक्तिको विध्वंस’ गरेको आरोप लगाएको थियो र उनीहरूलाई जुन १७ र जुन २० मा छुट्टाछुट्टै मुद्दा चलाइएको थियो ।

बेइजिङ युनिभर्सिटी अफ पोष्ट एण्ड टेलिकम्युनिकेसन्सका पूर्व लेक्चरर सु झियाङ नागरिक अधिकार कार्यकर्ता हुन् । उनले ‘नयाँ नागरिक आन्दोलन’ सुरु गरेका थिए । जसले चीनलाई संवैधानिकतातर्फको संक्रमणलाई सहज बनाउने उद्देश्य राखेको छ ।

तर, चीनले आफ्नोविरुद्ध योजना बनाएको र विरोध गर्ने प्लेटफर्म सिर्जना गरेको भन्दै २० वा सो भन्दा बढी वकिल र कार्यकर्तालाई पक्राउ गरी विभिन्‍न अभियोग लगाएको छ ।

चीन सरकारले वर्षौँदेखि सिन्जियाङका उइगरहरुलाई नियन्त्रणमा लिने र यातना दिने कामलाई पनि तीव्रता नै दिइरहेका छन् । अमेरिकालगायतका पश्‍चिमा मुलुकहरुले त्यसकाे विरोध गरे पनि उनीहरुले त्यसलाई बेवास्ता गरिरहेका छन् ।