• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालाजुमा मोटरसाइकल दुर्घटना, २२ वर्षीय युवककाे मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-१६ बालाजु सडकमा वाग्मती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ खोलाको छेउको रेलिङमा ठोकिएर मंगलबार बिहान दुर्घटना हुँदा काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको भने अस्पतालमा उपचार भइरहेको छ ।