• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भारतीय महावाणिज्य दूतावासले दियाे दुईवटा एम्बुलेन्स

काठमाडौं । भारतको महावाणिज्य दूतावासले दुईवटा एम्बुलेन्स उपहारस्वरुप दिएकाे छ ।

उपहार सुवरुप दिइएका एम्बुलेन्सहरू नेपाल सरकार र नेपालका विभिन्न जिल्लामा रहेका गैरनाफामूलक संस्थाहरूलाई उपहार स्वरूप प्रदान गरिएका ७५ वटा एम्बुलेन्सहरू मध्येका हुन् ।

एउटा एम्बुलेन्स बीरगंजस्थित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा अर्को एम्बुलेन्स जनकपुरको ग्रामीण विकास संस्थालाई उपहार स्वरूप प्रदान गरिएको हो ।

एम्बुलेन्सहरूको साँचो महावाणिज्यदूत नितेश कुमारद्वारा छनोटमा परेका संस्थाहरूका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको थियो ।