• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बिहीबार राति लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम, बागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।