• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बेलायती र अमेरिकी खुफिया एजेन्सीले दिए चिनियाँ खतराको चेतावनी

काठमाडौं । बेलायतको खुफिया (इन्टेलिजेन्सी) एजेन्सी एमआई५ र अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का प्रमुखहरूले बुधबार लण्डनमा भएको एक विशेष कार्यक्रममा चिनियाँ आर्थिक जासुसीको बारेमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

एमआई५का निर्देशक केन म्याकलमले विश्वभर चिनियाँ सरकारको गुप्त दबाब आफूहरूले सामना गर्ने सबैभन्दा ठूलाे चुनाैती रहेकाे बताएका हुन् ।

यस्तै, एफबीआईका निर्देशक क्रिस रेले पश्चिमी फर्महरूलाई बेइजिङ प्रतिस्पर्धात्मक लाभका लागि उनीहरूको प्रविधि चोर्न कटिबद्ध रहेको चेतावनी दिए ।

चीनले भने यी आरोपहरू निराधार भएको भन्दै अस्वीकार गरेको छ ।