एकैदिन थपिए १२१ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय पिसिआर परिक्षणका क्रममा १ सय ४ जना र १ हजार ३ सय ४५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन् ।

हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१