• २०८३ असार ३२
  • 2026 July 16, Thursday

गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तो (टोक्यो)को छैठौँ अधिवेशन हुँदै

जापान । गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तो (टोक्यो)को छैठौँ अधिवेशन आउँदाे २६ तारिकमा टोक्योको शिनोओकुबु सोलमारि मुरा हलमा हुँदैछ ।

गल्कोटबाट विभिन्न सिलसिलामा जापान आएका सम्पूर्ण गल्कोटेहरुको साझा संस्था गल्कोट समाज जापान को क्षेत्रीय समिती कान्तो टोक्योको अधिवेशन २०२२-२०२४ को कार्यकालको लागि २०२२-जुलाई २६ गते मंगलबार सोलमारी मुरा हल सिनोओकुबू मा १२बजे देखि हुने अध्यक्ष रमेशकुमार खत्रीले जानकारी दिए ।

केन्द्रीय समितिबाट कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष रत्नसिंह बस्नेतले जुलाई २६ तारिक हुने गल्कोट समाज कान्तोको छैठौँ अधिवेशनमा टोकियोबासी गल्कोटेहरुलाई उपस्थित भएर सफल पारिदिन अनुरोधसमेत गरेका छन् ।

सन् २००६ मा बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापान आएर गलकोटेहरूका बीचमा भ्रातृत्वको विकास गरि जन्मभूमिप्रति सद्भाव व्यक्त गर्दै सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको समाजको छेठौँ अधिवेशनको लागि क्षेत्रीय समितिका अधिवेशनहरू गर्न लागिएको हो । समाजको केन्द्रीय समितिको अधिवेशन २०२२ सेप्टेम्बर महिनाको ७ तारिक भित्रमा गरिसक्नुपर्ने निर्णयसमेत गरिएको छ ।