शनिबार थपिए २ सय ५ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ९९ पिसिआर परीक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, थप ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ५७ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१