उत्तरी ग्रीसमा कार्गाे विमान दुर्घटना

एथेन्स । उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

युक्रेनस्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ–१२ सर्बियाबाट जोर्डनका लागि उडेको थियो ।

दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ ।

कार्गो विमान कति यात्रु थिए र दुर्घटनामा बाँचेका थिए कि भनेर तत्कालै थाहा हुन सकेको छैन ।

ग्रीसको सञ्चार माध्यम इआरटीले उक्त विमानले १२ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१