अब सरकारको बचाउ गर्न सकिँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा शनिबार महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए ।

‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउन गर्न सक्ने अवस्था रहेन,’ उनले भने ।

आफूहरूले हिजो ओलीलाई सरकार कसरी चलाउनु पर्छ भनेर प्रश्न गरेको भन्दै महामन्त्री थापाले आज कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको आरोप लगाए ।

पार्टीमा केही व्यक्तिले सभापति शेरबहादुर देउवालाई खुसी बनाउन लागे पनि त्यसले पार्टीको हित नहुने उनको तर्क छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१