
काठमाडौं । नेकपा माओवादी केन्द्रका संसद गजेन्द्रकुमार महतले एमालेको आर्थिक विभागमा रहेका भनिएका एम अधिकारी खोजीदिन आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै महतले उक्त माग गरेका हुन् ।
महतले भने, ‘ठूलो दलको महत्वपूर्ण विभागको केन्द्रीय सदस्य हराएको छ । महत्वपूर्ण मान्छे हराएको छ, कसले खोजिदिने ? उनको खोजीको लागि बालुवाटारमा आन्दोलन भइरहेको छ । उनको खोजीका लागि समिति बनेको छैन तर कसले हुन्छ कसरी हुन्छ एम अधिकारी खोजी दिनपर्यो ।’