भलिबल नेस्नल लिग : अमेरिका र इटाली सेमिफाइनलमा

काठमाडौं । अमेरिका र इटाली भलिबल नेस्नल लिग (भीएनएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको क्वाटरफाइनलमा अमेरिकाले ब्राजिल तथा इटालीले नेदरल्यान्डलाई समान ३-१ को सेटमा पराजित गर्‍याे ।

पहिलो क्वाटरफाइनल खेलमा अमेरिकाले २०-२५, २५-२२, २५-२३, २५-१७ को जित निकाल्यो । यता, इटालीले २१-२५, २५-२२, २५-१३, २५-२२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो ।

अब, अमेरिकाले फाइनल प्रवेशका लागि पोल्यान्ड र इरानसँगकाे विजेतासँग खेल्नेछ । यस्तै, इटालीले फ्रान्स र जापानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१