निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले दिए संसदीय समितिमा यस्तो बयान

काठमाडाैं । संसदीय समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयान लिएको छ । बिहीबार संसदीय विशेष समितिले शर्मासँग बयान लिएको हो ।

समितिले सिंहदरबारमा शर्मालाई बयानका लागि बोलाएको थियो । बयानका क्रममा शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गरेका छन् ।

उनले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्‍याउँदै नियम कानुन र तोकिएको मापदण्ड अनुसार नै करका दर हेरफेर गरेको बताए ।

समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गर्दै सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय समेत गरेको छ ।

गत असार २२ गते प्रतिनिधि सभाका सांसदहरू सम्मिलित ११ सदस्सीय विशेष छानबिन समिति गठन भएको थियो । छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।

छानबिन समिति गठन भएपछि समितिलाई सहयोग गर्ने भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७