• २०८३ असार २१
  • 2026 July 05, Sunday

जनता टेलिभिजनका समाचार प्रमुखद्वारा महिला एंकरमाथि दुर्व्यवहार

काठमाडौं । जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्तले आफूमाथि दुर्व्यवहार गरेको टेलिभिजनमा पूर्व कार्यरत पत्रकार एवं एंकर प्रतिमा चौधरीले आरोप लगाएकी छन् ।

नियमित काम गर्ने क्रममा समाचार प्रमुखबाट पटक–पटक दुर्व्यवहार भएको उनको भनाइ छ । पन्तको इच्छा अनुसार काम नगर्दा टर्चर दिने गरेकोले टेलिभिजनबाट बिदा भएकी पत्रकार चौधरीले बिहीबार जनता टेलिभिजनको गेटमै गएर बताएकी हुन्

केही निश्चित व्यक्तिहरुलाई बोकेर व्यवस्थापनको एसम्यानका रुपमा कार्यरत समाचार प्रमुख पन्तले समयमा तलब दिनुपर्ने आवाज उठाउनुको साटो त्यहाँका कर्मचारीलाई निकाल्न भूमिका खेलिरहेको पीडित पत्रकारहरुको आरोप छ ।

नेकपा एकीकृत समाजवादीको सांगठानिक कामका सक्रिय समाचार प्रमुख पन्त लामो समय समाचार पत्रमा कार्यरत थिए ।